सर्लाहीको सुकुम्बासी बस्तीमा ‘गेट काठमाडौं’द्वारा बाढीपीडितलाई लत्ताकपडा वितरण

साउन ८ सर्लाही  – सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १० स्थित नयाँ बस्ती सुकुम्बासी टोलको बाढीपीडितलाई राहत वितरण गरिएको छ । यात्रा महिला सशक्तीकरण संस्था GET काठमाडौंद्वारा ४० घरपरिवारलाई मंगलबार राहत स्वरुप लत्ताकपडा वितरण गरिएको हो । एक साता अघि परेको अविरल बर्षाका कारण सुकुम्बासी टोल डुबानमा परेका थिए र अधिकांश घरबार बिहिन भएका थिए । बर्षातका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न बागमतीबाट सन्तोष गदाल र पवित्रा माझीले संस्था संग समन्वय गरि राहत वितरण गरिएको समन्वयकर्ता गदालले भन्नु भयो । संस्थाको तर्फबाट सजना बडेल, मनिशा धिताल र उदय खड्काको...