मनहरीमा कोभिड अस्पताल बन्ने, रमन्टारमा आइसोलेसन
भदौ, हेटौडा (मनहरी) – कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि मनहरी गाउँपालिकाले कोभिड अस्पताल निर्माणको तयारी थालेको छ । गाउँपालिकास्तरिय बिपद ब्यवस्थापन समितिले गाउपालिकाभित्रै सुविधायुक्त कोभिड अस्पताल निर्माण गर्ने तयारी गरेको छ । हाल आइसोलेसनको रुपमा रहेको मनहरी ८ सिम्पानी स्थित वडा कार्यालय भवनमा कोभिड अस्पताल निर्माणका लागि तयारी सुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । कोरोना संक्रमणका कारण कतिपय अस्पतालहरुमा उपचार नपाएरै बिरामीको मृत्यु हुने गरेका घटनालाई मध्यनजर गरी चिकित्सकीय सेवा सहित अन्य उपकरणहरु खरिद गरी गाउँपालिकाले कोभिड अस्पताल चलाउन लागेको हो । हाल...



















