कैलाशमा ४ सय २५ थान ब्ल्यान्केट वितरण

पुस, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकामा एक गैरसरकारी संस्थाले बिपन्न समुदायका बालबालिकाका लागि ब्ल्यान्केट बितरण गरेको छ । प्रति ब्ल्याङ्केट २ जना बालबालिका लाभान्वित हुने गरी कैलाश गाउँपालिकाका ४ वटा वडामा ४२५ थान ब्ल्यान्केट बितरण गरिएको हो । बिगत ३ बर्ष देखि गाउँपालिकासंग समन्वय गर्दै शिक्षा, स्वास्थ,सरसफाई तथा खानेपानी क्षेत्रमा काम गर्दै आइरहेको बाल विकास कार्यक्रम नेपाल (सीडीपीएन) ले बुधवार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा ब्ल्यान्केट बितरण गरेको हो । साबिक नामटार र कालिकाटार अर्थात कैलाश गाउँपालिका वडा नं ३ र ४ तथा ९ र १०...