आज रातो मच्छिन्द्रनाथको रथ तानिने

भदौ, काठमाडौं – रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन्, । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो...