मकवानपुरमा थप २३ जनामा कोरोना पुष्टी

भदौ, हेटौडा – बुधबार मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक कोरोना प्रयोगशाला हेटौडामा गरिएको परिक्षण मा हेटौंडा उपमहानगरपालिका भित्र २० जना र भीमफेदी गाउँपालिकाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । गत साउन ३१ गते संकलन गरिएको स्वाबको नतिजा बुधबार आएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।