परेवाभीरमा बाटो बनाउन जनप्रतिनिधिहरु एकजुट

साउन हेटौडा (मनहरी) – बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसमक्ष दर्जनौँपटक लिखित र मौखिक ध्यानाकर्षण गराइँदा पनि उपेक्षामा परेको मकवानपुरको राक्सिराङ गाउपालिका ५ स्थित परेवाभीर सडक निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडातहसम्मका जनप्रतिनिधिहरु एकजुट भएका छन् । संघीय सांसद विरोध खतिवडाको संयोजनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो । हाल मनहरीबाट परेवाभीर हुँदै राक्सिराङतर्फबाट मलेखु जोड्ने र कैलाशतर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवाभीर खण्ड निर्माणको बिकल्प नरहेकोमा मकवानपुर क्षेत्र नं...