मनहरी ६ मा नेपाली कांग्रेस बिजयी, गठबन्धनको अग्रता कायमै

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस बिजयी भएको छ । मंगलबार बिहान भएको अन्तिम नतिजाले वडा अध्यक्षमा नेपाली कांग्रेसका युवराज थपलिया बिजयी भएको हो । यो संगै मनहरी गाउँपालिकामा कांग्रेसले बिजयी गर्ने वडाको संख्या ३ पुगेको छ। कुल २ हजार ९ सय ३५ मतमा कांग्रेसका युवराज थपलियाले २ सय ३४ मतान्तरले प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका यदुनाथ श्रेष्ठलाई पछि पार्दै बिजयी भएका छन् । थपलियाले ९ सय ६८ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ७ सय ३४ मत प्राप्त गरेका थिए । ४६ मत...