मनहरीमा कोरोना विरुद्धको खोप यही जेठ २६ र २७ गते लगाइने
जेठ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा यहि जेठ २६ र २७ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ । १२ वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको मोर्डना खोप लगाइन लागेको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले बताउनुभयो । खोप अभियानमा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा र कुनै पनि मात्रा नलगाएकालाई पहिलो मात्राको खोप लगाइने जनाइएको छ । साथै खोप अभियानमा पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) समेत लगाइने जनाइएको छ । खोप अभियान प्रत्येक वडाको खोप केन्द्रमा सञ्चालन हुने जनाइएको छ । कोभिड– १९...



















