हेटौंडा उपमहानगरको मेयरमा बिजयी भईन्, मिनाकुमारी लामा
जेठ, हेटौंडा – बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामा निर्वाचित भएकी छन्। एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार एकसय ६७ मतले पछि पार्दै उनी मेयर निर्वाचित भएकी हुन् । लामाले २३ हजार ७५ मत ल्याउदा निकतम प्रतिस्पर्धी नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो स्थानमा चित बुझाउनु पर्यो। भारी मत अन्तर सहित उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भए । उनले ३२ हजार ५...



















