वडाअध्यक्ष कोइरालाले फोटो पत्रकार समुहलाई स्वास्थ्य सामग्री सहयोग
साउन, हेटौडा – राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरलाई हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । वडा अध्यक्ष कोइरालाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केएन ९५ मास्क र ह्याण्ड सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका हुन् । उनले जोखिमका बेला ज्यानको बाजी थापेर सूचना सम्पेसणका लागी अहोरात्र खटिने पत्रकारलाई कोरोनाका जोखिम बढी हुने भएकोले आफुले सानो सहयोग गरेको बताएका छन् । आवश्यक पर्दा पछिका दिनहरुमा पनि पत्रकारलाई आवश्यक सहयोग गर्न आफु तत्पर रहेको अध्यक्ष कोइरालाले बताए । समूह मकवानपुरका अध्यक्ष कपिल...



















