पोखरामा पर्यटक सवारी सञ्चालनको तयारी गर्दै
साउन, पोखरा – प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह गर्यो । पोखरामा व्यवसायीले ठूलै लगानी गरे । भ्रमण वर्ष शुरु हुँदा नहुँदै फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पर्यटनसहितका क्षेत्र ठप्प बनेपछि यहाँका व्यवसायी यतिखेर चिन्तामा छन् । भ्रमण वर्ष शुरु हुनुअगावै होटेल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएको...



















