पाँचौ सस्करणको मिस तामाङ पोखराको आज ग्राण्ड फाइनल हुदै
माघ ४, पोखरा – पाँचौ संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फाइनल आज हुदै छ । आज शनिबार गण्डकी प्रदेशको राजधानी पोखराको सभागृहमा हुने कार्यक्रममा गायक सोनाम तोप्देन लगायत चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति सहित हुने ग्राण्ड फाइनलमा यस बर्ष १७ जना प्रतियोगीहरु सहभागी रहेको संयोजक कबिता योञ्जनले बताउनु भयो । सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष गरिदै आएको ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ४५ दिन सम्म व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषय लगायत विभिन्न विधामा प्रशिक्षण दिदै फाइनल सम्म आइपुगेको समाजको...

















