रामेछापको सुनापतीमा १५ शैयाको अस्पताल सञ्चालन हुने

फाल्गुन, मन्थली – रामेछापको सुनापती गाउँपालिकाभित्र १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । सरकारले हरेक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने नीति अनुसार गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालमा आउने भएको हो । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको सुनापती गाउँपालिका–४ बेथानको पिपलडाँडामा रहेको स्वास्थ्य चौकीलाई नै अस्पतालको रुपमा स्तरउन्नती गर्ने तयारी गाउँपालिकाले गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभर २ सय ३६ स्वास्थ्य संस्थालाई १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्न लागिएको बताउनु भयो । अघिल्लो वर्ष सरकारले २ सय ५१ पालीकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय...