रसुवा प्रबेश गर्ने सवारी आवतजावतमा रोक

चैत्र, बेत्रावती – रसुवा र नुवाकोटको सिमा क्षेत्र बेत्रावतीबाट रसुवा प्रबेश गर्ने सवारी साधन जिल्ला प्रबेशमा रोक लगाइएको छ । बिश्व ब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन १० दिनका लागि बन्द गर्ने सरकारको निर्णय अनुसार जिल्लामा आवतजावत हुने सवारी संचालनमा रोक लगाइएको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणलाई मध्यनजर राख्दै आज बिहानदेखि जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक दोहोरो आवतजावत गर्न बन्देज गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्लाभित्र भने अत्यावश्यक कामका लागि मात्र निजि सवारी साधन संचालन गर्न...