विपद् व्यवस्थापन उपसमिति हेटौंडा १५ मा गठन
चैत्र, हेटौडा – हेटौंडा उपमहानगरपालिका १५ मा मंगलबार २ स्थानमा विपद् व्यवस्थापन उपसमिति गठन गरिएको छ । दुईवटा फरक फरक स्थानहरु जाँते र वडाको तल्लो क्षेत्र फायरलाइनमा ती उपसमितिहरु गठन भएको हो । जाँतेमा वडा सदस्य पातलीमाया गोङबाको नेतृत्वमा २२ सदस्यीय र फायरलाइनमा वडा सदस्य मिनु विकको नेतृत्वमा २३ सदस्यीय उपसमिति गठन भएको हो । यसअघि वडाध्यक्ष महारत्न लामाको नेतृत्वमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भइसकेको छ । हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणबारे, सचेतना, सहयोगकालागि उपसमिति गठन गरिएको समितिका सदस्य सचिव शेरबहादुर ब्लोनले जानकारी दिए ।...


















