हिरा लुटेको आरोपमा चार जना पुर्पक्षका लागि थुनामा
बैशाख ५, हेटौंडा – हिरा लुटपाट गरेको आरोपमा तीन प्रहरी र एक पत्रकारलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । एक अभियुक्तलाई भने २५ हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्ने आदेश दिइएको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको शुक्रबार बसेको इजलासले मकवानपुर कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी धनलक्ष्मी गुरूङको हिरा लुटेको आरोपमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगरलाई पुर्पक्षका...













