उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

मंसिर ५, सिमकोट – जिल्ला सुरक्षा व्यवस्थापन समिति हुम्लाले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाता बाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । जिल्लाका सात गाउँपालिका मध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मंसिर ११ गते राति ७ बजेदेखि शुरु हुन्छ । सो समयमा...