ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
कार्तिक १९, धादिङ – ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस–१ का चन्द्र बहादुर तामाङ रहेका छन् । उनी ८ वर्षपछि सोमबार पक्राउ परेका हुन् । २०६९ साल असार २२ गते नेत्रावती डबजोङ गाउँपालिका–३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा तामाङ सहित सोही ठाउँ बस्ने मैते तामाङ र धने तामाङलाई अदालतले १०–१० वर्षको कैद फैसला सुनाएको थियो । फरार प्रतिवादीहरु मध्ये तामाङलाई पक्राउ गरी मंगलबार आवश्यक...



















