भ्रमण वर्ष सफल पार्न मकवानपुरमा जिल्ला स्तरीय समिति गठन
असोज १५, हेटौडा – भ्रमण वर्ष २०२० लाई प्रभावकारी ढंगले सफल पार्न मकवानपुरमा जिल्ला स्तरीय सहजिकरण तथा समन्व्य समिति गठन भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला स्तरीय भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले १ सय १ सदस्य समिति गठन गरेको हो । बैठकले भ्रमण वर्षलाई सफल बनाउनका लागि सबैले सक्रियताका साथ काम गर्ने निर्णय समेत गरेको छ । साथै भ्रमण वर्षलाई सफल पार्न कार्तिक १० गते सम्म स्थानीय तहहरुमा गठित भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिको बैठक बस्ने,...



















