संविधान दिवसको अवसरमा तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले गर्नुभएको सम्बोधन (पूर्णपाठ सहित)

असोज ३, हेटौडा – तिन नम्बर प्रदेशको मु्ख्यमन्त्री डोरमणी पौडेलले संविधान जारी भएको दिनको सम्झना गर्दै चौथो संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ । संविधान दिवसको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा उहाँले देशको परिवर्तनका लागि थुप्रै योद्धाहरुले आफ्नो अमुल्य जीवनको बलिदानी दिएको स्मरण गर्दै संविधान दिवसको अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनहरुमा शहादत प्राप्त गर्ने महान शहिदहरुप्रति हार्दिक श्रदासुमन ब्यक्त गर्नु भएको छ । सम्बोधन गर्नु भएको पूर्ण पाठ हेर्नुहोस :- नेपाली जनताको चाहाना र आकांक्षा अनुसार संविधान सभाबाट सम्बत् २०७२ साल...