छोनाम न्वाँगीको अवसरमा आज सार्वजनिक विदा

भदौ २२, हेटौडा (राक्सिराङ) – चेपाङ समुदयको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले आइतबार गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएका छन । छोनाम न्वाँगी पर्वको अवसरमा सार्वजनिक विदा दिएको गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले बताउनु भयो । राक्सिराङ गाउँपालिकाको ३० हजार जनसंख्या मध्ये १३ हजार भन्दा धेरै जनसंख्या चेपाङ जातीको रहेको छ ।