फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन
भदौ ९, हेटौडा – राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर शाखाको अध्यक्षमा टिम टेलिभिजनको क्यामरा पर्सन कपिल खड्का चयन भएका छन् । सोमबार हेटौंडामा भएको अधिवेशनले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समुहको उपाध्यक्षमा खबरब्रेक डटकमका धर्मेन्द्र दाहाल, कोषाध्यक्षमा तु खबर डटकमका बलराम पुडासैनी, सचिवमा प्रदेश दैनिकका विजय पौडेल र सह-सचिवमा नवयुग डटकमका उज्जवल अधिकारी चयन भएका छन् । त्यस्तै समुहको सदस्यहरुमा सरला अधिकारी, दिल बहादुर लामा, सहनशिला ढकाल, मिना श्रेष्ठ, धिरज ढकाल, विक्रम बानियाँ चयन भएका छन्,। त्यस्तै समुहको सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र...


















