तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल
साउन ६, काठमाडाैं – तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्षभित्र चक्रपथमा मोनोरेल सञ्चालन गरिने कार्ययोजना तय गरिएको जानकारी दिए । चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)...



















