रसुवामा ‘बोन्पो संग्रहालय बनाउने तयारीमा छौ – ङावाङ फेन्जो तामाङ
धुन्चे – हिमाली जिल्ला रसुवामा प्राकृतिक सौन्दर्य र विविधताका कारण आदिम कालदेखि विभिन्न धार्मिक आस्था र विश्वासको विभिन्न पवित्र धार्मिक स्थलहरु रहेका छन् । आर्थिक बर्ष २०७८/७७ मा विनियोजित बजेट निश्चित भएपछी बोन्पो संग्रालय बन्ने भएको छ । रसुवामा तामाङ समुदायको आकडा हेर्ने हो भने करीव एक हजार भन्दा माथि आबद्ध रहेको जिल्ताङ छ्योमि झाँक्रि समाजका सचिव ङावाङ फेन्जो तामाङ बताउँछन् । अहिले जिल्लामा रहेका बोम्बो समाजलाई प्रत्येक गाउँपालिका हुँदै वडा तह सम्म कार्यसमिति विस्तार गरेका छन् । केही वडामा विस्तारको तयारी भइरहेको सचिब तामाङले बताए । हामी अहिले...



















