कुलेखानीको ड्याम खोल्ने तयारी स्थगित, टर्वाइनबाट पानीको निकास

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालको बाँध खोल्ने तयारी स्थगित गरिएको छ । निरन्तर पानीको कारण ताल भरिएको खतराको संकेत देखिएपछी पानीको बहाब घटाउन ड्यामको ढोका खुलाउने भनिएको थियो । तर यता गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रको भनाइ अनुसार अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेकोले ड्यामको ढोका नखोलिएको बताएको छ । अहिले कुलेखानीको जलाशय पूर्ण क्षमतामा संचालनमा आउँदा प्रति घण्टा १ देखि २ सेमि पानी खपत भईरहेको छ । कुलेखानी जलाशयको ड्याम खोलेपनि त्यसको असर ड्याम देखि सिस्नेरी सम्म हुने र...