नुवाकोटमा आइचर दुर्घटना हुँदा २ जनाको मृत्यु

पुस ६, बिदुर – नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा आइचार दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ । बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले...