लोथर-थाकलटार जोड्ने सडक पुर्वअर्थमन्त्री पाण्डेद्वारा शिलान्यास

पुस १२, चितवन – राप्ती नगरपालिका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ११ थाकलटार जोड्ने सडक निर्माण हुने भएको छ । शुक्रबार राप्ती नगर १ बैद्यपानीमा भएको एक कार्यक्रमका बीच पुर्वअर्थमन्त्री तथा संघीय सांसद सुरेन्द्र पाण्डेले सडकको शिलान्यास गरेका छन । पुर्वअर्थमन्त्री पाण्डेले सांसद बिकास कोषमार्फत बिनियोजन गरेको ५० लाख बजेटबाट सो सडकको ट्रयाक खोल्नका लागी काम सुरु भएको हो । कार्यक्रममा पाण्डेले बिकास निर्माणको काममा ढिलासुस्ति नगर्न र अत्यन्त पारदर्शी ढंगबाट काम सम्पन्न गर्न निर्देशन दिए । पर्यटनको प्रचुर सम्भावना बोकेको राप्ती नगरपालिकामा सडक निर्माणका कामहरु द्रुत...