अग्रज पत्रकार दुदुमाया सिन्तान सम्मानित

भदौ, हेटौडा – तामाङ पत्रकार संघ मकवानपुरले २९ औं तामाङ प्रसारण दिवस भब्य मनाएको छ। शुक्रबार हेटौडामा एक कार्यक्रमको आयोजना गर्दै संघले दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो। संघले मोफसल मै पहिलो तामाङ भाषामा समाचार वाचन गर्ने वाचिका डेढ दशकदेखी सञ्चारकर्ममा क्रियाशील अग्रज पत्रकार दुदुमाया सिन्तानलाई सम्मान गरेको छ । सिन्तानलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, जिल्ला...