राक्सिराङ्ग गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

असार, राक्सिराङ्ग (चैनपुर) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट क्षेत्रको स्वास्थ्य सेवामा एउटा महत्वपूर्ण उपलब्धि हासिल गर्दै बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएको छ। घोषणा कार्यक्रममा खोप पूर्णता गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाहरूलाई विशेष सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो। साथै, प्रत्येक वडालाई खोप पूर्णताको प्रमाणपत्र वितरण गरी आगामी दिनमा पनि स्वास्थ्य सेवाको दिगो विकासका लागि प्रोत्साहन दिइएको थियो। “दुर्गम क्षेत्र भएपनि हाम्रो गाउँपालिकामा १६-२३ महिनाका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै खोप प्राप्त गरेका छन्। यो सफलता हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक तथा सबै सरोकारवालाको अथक...