पुर्बी चितवनमा ‘प्रथम राप्ती महोत्सव’ हुने
असोज ७, राप्ती – पुर्वी चितवनको राप्ती नगरपालिकामा पहिलोपटक ‘कृषि पर्यटन र ब्यापार, राप्तीको बिकासको मुल आधार’ भन्ने नाराका साथ प्रथम राप्ती महोत्सवको आयोजना गरिने भएको छ । उद्योग बाणिज्य संघ राप्ती र राप्ती नगरपालिकाको संयुक्त आयोजनामा असोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म महोत्सव गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । राप्ती नगरपालिका ७ बिरेन्द्रनगरमा हुने महोत्सवको असोज २९ गते नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गर्ने आयोजकले बताएको छ । महोत्सवले स्थानीय उत्पादन र सेवालाई प्रथामिकतामा राखि नगरको पहिचानसँगै आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकासमा...

















