आज देखि हुने भनिएको परेवाकोट कृषि पर्यटन महोत्सब स्थगित

फाल्गुन २०, हेटौडा – पुर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ महदेबटारमा आज देखि हुने भनिएको प्रथम परेवाकोट कृषि तथा पर्यटन महोत्सब स्थगित भएको छ । हाल विश्वब्यापी फैलिरहेको कोरोना भाइरसको त्रासका कारण केही दिनलाई स्थगित गरिएको प्रेस बिज्ञप्ती मार्फत आयोजकले जानकारी दिएको छ । आज २१ गते देखि चैत १ गते सम्म बिबिध जाति, भाषा अनि सस्कृति, कृषि पर्यटन र उद्योगमा समृद्ध राप्ती भन्ने मुल नाराका साथ तयारी पुरा भैसकेको महोत्सब जिल्ला प्रशासन कार्यालय चितवन र नेपाल सरकारको स्वास्थ्य मन्त्री भानुभक्त ढकालको बक्तब्यलाई आधार मानी केही दिनलाई स्थगित...