नारायणी सहकारीको ऋण लगानी साँढे २३ करोड नाघ्यो

असोज, हेटौडा – नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया पुगेको छ । २०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार तथा जगेडा कोष दुई करोड १८ लाख ७८ हजार रुपैंया रहेको छ । भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया पुगेको छ । साथै, एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८...