मुहान सुक्न थालेपछि गैडाटारका किसान मार्कामा
चन्द्रपुर – देशका विभिन्न स्थानमा गर्मी बढेसगै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा गर्मीकै कारण सिचाइ पानीका मुहान सुक्न थालेपछि गैडाटारका किसान मार्कामा परेका छन । असार महिना लागि सक्दा पनि सिचाइ हुँदै आएको स्थानिय चादी खोला र डुमजोर खोलामा पानी सुकेपनि समस्या भएको हो । असार साउनमा लगाउदै आएको धानको ब्याड समेत सुक्न थालेपछि किसानहरुले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागि परेको स्थानिय किसान बम बहादुर वाइबाले बताए । रौतहटका किसानले हरेक बर्ष हिले धानको ब्याड राख्दै आएका थिए तर यसपाली भने पानी कै समस्याले सबै...


















