निर्मल माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मकवानपुर, ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा अवस्थित निर्मल माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल मकवानपुरको आर्थिक सहयोग तथा बाल अधिकार तथा महिला विकास केन्द्र पदमपोखरीको आयोजनामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘विद्यार्थीको पढाईमा अभिभावकको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा निर्मल माविकी प्रकृति बर्तौला प्रथम, निर्मल माविकै सपना बर्तौला द्वित्तिय र शिक्षा विकास शिशु सदनकी श्वेच्छा गौतम तृतिय भएका छन् । संस्थाका अध्यक्ष रामहरी पोखरेलको अध्यक्षता तथा निर्मल बहुमुखी क्याम्पस बस्तीपुरका क्याम्पस प्रमुख शुवासचन्द्र कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...



















