राक्सिराङमा घरदैलोमै स्थानीय सरकार, एकीकृत घुम्ती शिविर सुरु

चैत्र, (हेटौडा) राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित बृहत् एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै टोलबस्तीमै पुगेर सेवा प्रदान गर्न सुरु गरेको छ। बुधबार वडा नम्बर १ बाट सुरु गरिएको शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले नागरिकले सामान्य सेवा लिन गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अभियान सुरु गरिएको बताउनुभयो। उहाँले नागरिकले सकेसम्म आफ्नै वडा र टोलबाट सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। शिविरमार्फत स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद सेवा, बहुक्षेत्रीय पोषण कार्यक्रम, सुनौलो हजार...