तीन जना पत्रकारलाई काठमाण्डौ तामाङ मिडिया अवार्ड

कार्तिक, काठमाडौं – तामाङ पत्रकार संघ काठमाडौं शाखाले तीन जना तामाङ पत्रकारलाई सम्मान गरेको छ । तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर तामाङ समुदायमा सक्रिय तीन जनालाई ‘काठमाडौं तामाङ मिडिया अवार्ड’बाट सम्मान गरेको हो । अवार्डबाट सम्मानित हुनेहरुमा कान्तिपुर दैनिककी सुशीला तामाङ, तामसालिङ खबर डटकमका दिलबहादुर लामा र रेडियो मिर्मिरेका विष्णु दोङ रहेका छन् । उनीहरुलाई अवार्ड सहित प्रतिव्यक्ति ७ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । पत्रकारिता मार्फत तामाङ भाषा, संस्कृति, इतिहास र मुद्दालाई उजागर गरेर तामाङ समुदायमा योगदान पुर्‍याएकाले संघको तेस्रो जिल्ला अधिवेशनमा अवार्ड वितरण गरिएको तामाङ पत्रकार...