राक्सिराङमा सहकारी संस्था र कृषक समूहलाई उन्नत जातका बोका वितरण
असार, हेटौँडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषक समूह र सहकारी संस्थालाई उन्नत जातका बोका वितरण गरेको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा सहभागी कृषक समूहलाई आयमूलक पेशातर्फ उत्प्रेरित गर्दै स्थानीय स्तरमा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले उन्नत जातका बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यस किसिमका कार्यक्रमले राक्सिराङ क्षेत्रको पशुपालन क्षेत्रमा उत्पादकत्व बढाउन तथा कृषि पेशालाई व्यवसायीकरण गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।