तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न दुई लाख सहयोगको घोषणा

माघ, काठमाडौं – तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टिएसएनए) का अध्यक्ष लक्यान लामा र मिडिया संयोजक ङिमा लामा पाख्रिनले तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न एक/एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । काठमाडौंमा शुक्रबार तामाङ पत्रकार संघले दुई संस्थाबीच हुन सक्ने सहकार्यको सवालमा आयोजना गरेको छलफलमा लामा र पाख्रिनले उक्त सहयोग घोषणा गर्नुभएको हो । छलफलमा तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यान लामाले संघले विषयवस्तुको आधारमा अघि सारिने योजनाहरुमा सहयोग गर्ने आश्वासन दिनुभयो । समाज परिवर्तनका लागि संचारक्षेत्र र संचारकर्मीको ठूलो भूमिका रहेको भन्दै अध्यक्ष लामाले तामाङ समाज...