मनहरी बसन्तपुरको टासी छ्योइलिङ गुम्बामा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न

असोज, मनहरी – पश्चिम मकवानपुरको मनहरीमा ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ। मनहरीको वडा ५ बसन्तपुर गुम्बा टोल स्थित टासी छ्योईलिङ गुम्बामा असोज १३ गते फूलपाती देखि शुरु भएको त्रिदिवसीय महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत आज बिहिबार सम्पन्न भएको हो । नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघको गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा भएको ञ्युङ्ने मौनव्रत व्रतमा लामा गुरु, मणिपा र व्रतालु उपासक-उपासिकाहरू ३८ जना सहभागी रहेको थियो। बौद्धधर्मलम्बिहरुले दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा...