मनहरी गाउपालिकाले संबिधान दिवसको अबसरमा ३ दिन सम्म बिबिध कार्यक्रम गरि मनाइने
असोज १, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउपालिकाले बिबिध कार्यक्रम सहित संबिधान दिवस मनाउने भएको छ । गाउँपालिकाले असोज २, ३ र ४ गतेका लागि बिबिध कार्यक्रमहरु तय गरिसेको छ । संबिधान दिवसका अवसरमा असोज २ गते बिहिबार गाउँपालिकाको वडा नम्बर ३ लामिटारमा रहेको गाउँसभाहलमा रक्तदान गर्ने भएको छ । त्यस्तै, सोही दिनको दिउसो ३ बजे देखि मनहरी बजारबाट गाउँपालिकाको केन्द्र रजैया सम्म मोटरसाइकल र्यालीको आयोजना गरिएको गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो । असोज ३ गते संबिधान दिवसको दिन रजैया देखी लामिटारमा रहेको गाउँसभा भवन...



















